You are viewing the translated version of आयोगको सिफारिस कार्यान्वयन.

Rule 6
आयोगको सिफारिस कार्यान्वयन
(१) आयोगले गरेको सिफारिस सम्बन्धित निकायले तत्काल कार्यान्वयन गरी आयोगलाई जानकारी दिनु पर्नेछ।
(२) आयोगको सिफारिस कार्यान्वयन गर्न नसक्ने भएमा सम्बन्धित निकायले कारण सहित आयोगमा फिर्ता पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम फिर्ता आएको सिफारिस उपर आयोगमा छलफल गरी कार्यान्वयनका लागि त्यस्तो सिफारिस नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।
(४) आयोगले गरेको सिफारिस कार्यान्वयन सम्बन्धमा आयोगले निरन्तर अनुगमन गर्नेछ।